Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नारायणमान विजुक्छे पुनः नेमकिपाको अध्यक्षमा सर्वसम्मत

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे (रोहित) पुनः सर्वसम्मत चयन भएका छन् । 

गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपा स्थापनादेखि विजुक्छे पार्टी अध्यक्ष छन् ।

बिजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो।