'चुच्चे नक्सा नागको फोटो टाँसे सरह मात्र भयो'
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरेका छन्।
मंगलबार नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन्। उनले अध्योदश ल्याउनुपर्ने के जरुरी अवस्था आईपर्यो? भनेर प्रश्नसमेत गरे। उनले संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानूनहरु सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रुपमा कानून बनाउने कुरामा कसैको पनि अवरोध नगरेको उल्लेख गरे।
उनले सरकारले अध्यादेश ल्याउनुको औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ। उनले अध्यादेश ल्याउनुपर्ने प्रक्रिया नमिलेकै कारण आफ्नो पार्टी अध्यादेशको समर्थन गर्न नसक्ने बताए।
उनले भने, ‘अध्यादेश ल्याउन के जरुरी छ, जवकि संविधान अन्तर्गतका कुनैपनि ऐनहरु सामान्यरुपमा बनाउन सकिन्छ । त्यसलाई कसैले अवरोध गरेको छैन । अवरोध नभएको वेलामा अध्यादेश ल्याउन आवश्यक छैन । हाम्रो पार्टी र संसदीय दलले यो अध्यादेशलाई समर्थन गरेको छैन् ।’
उनले अहिलेको पुँजीवादी व्यवस्थामा पार्टी फुट्नुलाई अस्वभाविक मान्न नहुने जिकिर गरेका छन् । उनले सरकारले कुनै पार्टीलाई लक्ष्य गरेर विभाजन सम्वन्धी विधेयक ल्याउछन् भने त्यो गलत रहेको आरोप पनि लगाए ।

सरकारको दल विभाजन सम्बन्धि विधेयकले आफनो पार्टी नफुटने दावी समेत गरेका छन् । खनालले बामपन्थी एकता आजको आवश्यकता रहेको बताउँदै एकता व्यक्ति प्रधानभन्दा नीतिप्रधान हुनुपर्नेमा जोड दिए । उनले नीति प्रधान भएको खण्डमा बामपन्थी एकता टिकाउ र बलियो हुने धारणा व्यक्त गरे ।
उनले सरकारले संसदबाट पारित गरेको चुच्चे नक्साको फोटो आफ्नो घरमा नागपंचमीको दिन नागको फोटो टाँसेसरह भएको टिप्पणी गर्दै त्यसको कार्यान्वयनमा सरकार असफल भएको दावी गरे ।