राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा मनीष झा नै फर्किएका छन् ।
यसअघि झा अध्ययन बिदामा बसेपछि उक्त जिम्मेवारी नेतृ प्रतिभा रावललाई दिइएको थियो । माघ ४ गतेदेखि झा अध्ययन बिदामा बसेपछि रावल कार्यवाहक प्रवक्ता बनेकी थिइन् ।
‘म केही हप्ता अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक) को जिम्मेवारीमा फर्किएको छु’ झाले भने ।