Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

 नमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार बसेको सचिवालय बैठकले आगामी आइतबार र सोमबार (फागुन २५, २६) बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान भएको जनमत पार्टीले बताएको छ ।

यसपालिको केन्द्रीय समिति बैठक महोत्तरकिो पावन मिथिला होटलमा बस्ने पनि जनमतले जानकारी दिएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी गतिविधिबारे छलफल हुने जनमतले जनाएको छ । त्यस्तै मधेस प्रदेश समन्वय समितिको बैठक पनि बोलाइएको छ ।

मधेस प्रदेश समितिको बैठक पनि पावन मिथिला होटलमै बस्ने पार्टीको केन्द्रीय प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।