Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

उपरथीमा बढुवा भएका जिसीलाई मध्य पूर्वी पृतनाको जिम्मेवारी

नेपाली सेनाको उपरथीमा बढुवा भएका कृष्णकुमार जिसीलाई मध्य पूर्वी पृतनाको जिम्मेवारी दिइएको छ। सहायक रथी जिसीलाई फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

आज (सोमबार) प्रधानसेनापति अशोकराज सिग्देललाई जंगी अड्डामा आयोजित समारोहमा जिसीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । पदोन्नतिसँगै उपरथी जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।


प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई महासेनानीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका अधिकारीहरुका परिवार उपस्थित थिए ।