Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कस्तो छ चौथोपटक हृदयघात भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य ?

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको हो ।

उनले अहिले उपचार जारी छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।

चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो । उपचारमा संलग्न एक चिकित्सकका अनुसार आइतबार नै उनको एनजीओप्लास्ट गरिएको छ । उनको अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जानकारी दियो ।