पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको हो ।
उनले अहिले उपचार जारी छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।
चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो ।