Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मनकामना माइक्रो दुर्घटनाः मृतक र घाइतेको सनाखत

मनकामनामा भएको माइक्रोबस दुर्घटनाका मृतकको सनाखत भएको छ । आज सोमबार बिहान ११ बजे भएको माइक्रोबस दुर्घटनामा परी खैरहनी गाउँपालिका २ टाँडीपर्सा चितवन बस्ने ३७ बर्षका पदमबहादुर दर्जीको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । सो दुर्घटनामा परी सोही ठाउँका हरिकला परियार, गीता परियार, रितेश परियार, सन्ध्या परियार रुपा परियार घाइते भएका छन् । त्यस्तै सञ्चिता आले, प्रमिला राना, बिमला परियार, राजु परियार, सुवना परियार, अभिषेक परियार, अनिशा परियार र अर्जुन परियार घाइते भएका छन् ।

481000846_1189607416101298_4852173344027004959_n.jpg

घाइते सबैको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । माइक्रो बस सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको पनि प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।