Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मनकामनाबाट फर्किएको माइक्रो दुर्घटनाः एकको मृत्यु, १४ जना घाइते

मनकामना मन्दिर दर्शनार्थी सवार माइक्रो दुर्घटनामा परेको छ । गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घाइतेहरू सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।

मनकामना मन्दिर दर्शन गरेर दर्शनार्थीहरु फर्कने क्रममा माइक्रो आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटनामा परेको हो ।