Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

पत्रकार मोहिनी मिश्रको निधन

पत्रकार मोहिनी मिश्रको निधन भएको छ । क्यान्सर रोगको उपचार गराइरहेकी पत्रकार मिश्रको ५६ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ललितपुर महानगरपालिका– १८ निवासी मिश्र विगत दुई वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिइन् । राष्ट्रिय समाचार समिति (रासस) मा दुई दशकभन्दा बढी काम गरेकी मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकाश लिएकी थिइन् । मिश्रका एक छोरा छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।