Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

आकर्षक तलबमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै ठगी गर्ने मोरङ उर्लाबारी-५ की भूमिका देवान र बाँके डुडुवा-५ कमदीका पशुपती खत्री पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पोल्याण्ड पठाइदिन्छु भन्दै देवानले ३ जनाको ११ लाख र खत्रीले १ जनाको २ लाख २३ हजार रुपैयाँ ठगी गरेका थिए ।उनीहरूले विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरीमाथि अनुसन्धान गरेर पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको बताइएको छ ।

देवानलाई ललितपुर र खत्रीलाई संतुगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।