Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु, तीनजना घाइते

भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

मोटरसाइकलले ठक्कर दिँदा भक्तपुर नगरपालिका–७ गोल्मढीकी ७० वर्षीया तुलसीमाया तुसिबाखको मृत्यु भएको प्रहरी वृत्त जगातीले जनाएको छ ।

जगातीबाट साँगातर्फ जाँदै गरेको बा४१प ३३४ नंको मोटरसाइकलले सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक ठक्कर दिँदा तुसिबाखको मृत्यु भएको हो ।

सोही मोटरसाइकलकै ठक्करबाट अन्य तीनजना घाइते भएका छन् । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।