Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

नेपाली सेनाको अगुवाइमा अभ्यास हातेमालोको सातौँ संस्करण आजदेखि जङ्गी अड्डामा सुरु

विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन विपद् व्यवस्थापनसँग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकायहरुको सहभागितामा तीन दिने केन्द्रीय स्तरको एकीकृत अभ्यास, अभ्यास हातेमालोको सातौँ संस्करण आजदेखि जङ्गी अड्डामा सुरु भएको छ ।

m2.jpg

नेपाली सेनाको अगुवाइमा राष्ट्रिय स्तरमा विपद् व्यवस्थापनका क्षेत्रमा भई रहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि र सरोकारवाला निकायहरू बीच समन्वय तथा सहकार्यको क्षेत्रलाई प्रभावकारी बनाउने उद्देश्यले वि.सं.२०७५ सालबाट वार्षिक रूपमा अभ्यास हातेमालो सञ्चालन हुँदै आइरहेको छ ।

श्री युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले उद्‍घाटन गरेको कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालय लगायत सरकारी निकायका प्रतिनिधि, रेडक्रस तथा गैर सरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।