प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री लेखकले नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्दै भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए ।
त्यस्तै उनले विभिन्न विधेयकहरू सदनमा पुगेको भन्दै अन्य नीतिगत र कानुनी सुधार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
भूकम्पपछिको पुनर्स्थापना र पुन निर्माणको कामले लय समातेको उनको भनाइ छ । उनले सीमित स्रोत र साधनकाबीच अपेक्षित रूपमा काम हुन नसके पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील ढंगले काम गरिरहेको अवगत गराए ।