Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ।

एमाले केन्द्रीय कार्यालय सचिव डा‍क्टर भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने जानकारी दिए। सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ।

पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन।

अध्यादेशको बारेमा छलफल गर्न जनता समाजवादी नेपालले केन्द्रीय कमिटी बैठक बोलाएको छ।