Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

वडाध्यक्ष मुखियाको निधन

माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट उनी निर्वाचित भएका थिए । यसअघि २०७९ को निर्वाचनमा निर्वाचित रौतहटको गढीमाई, राजापुर र ईशनाथ नगरपालिकाका एक एक जना गरी ३ जना वडाध्यक्षको निधन भएको छ ।

लामो समय रिक्त रहेको उक्त तीनवटै वडामा केही समयअघि उपचुनाव भएको थियो।