Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

रुपन्देहीमा युवकको गोली हानी हत्या

 रुपन्देहीको मायादेवी गाउँपालिका–२ चटहवामा एक युवकको गोली हानी हत्या भएको छ ।

२३ वर्षका राकेश लोधको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले जानकारी दिए । उनलाई कसले गोली हान्यो भन्ने खुलिनसकेको उनले जानकारी दिएका छन् ।

आज बिहान उनलाई आफ्नै घरमा अज्ञान व्यक्तिले गोली हानेका हुन् । घटनाको अनुसन्धान भइरहेको बताए । ‘युवक घरको ब्रन्डामा मृत भेटिएका छन्, प्रहरीले अनुसन्धान गरिरहेको छ,’ कार्कीले भने ।