Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ट्रम्प र जेलेन्स्कीबीच भनाभन, ह्वाइट हाउस छाड्न भनेपछि निस्किए जेलेन्स्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको वार्तामै भनाभन भएको छ। ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि भनाभनको स्थिति बनेको हो।

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने बताएपछि वार्तामा भनाभनको स्थिति बनेको थियो। भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि उनी कुराकानी छोडेर निस्किएका थिए।

UkrainePresidentVolodymyrZelenskyVisitsTheWhite.webp

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने बताएपछि वार्तामा भनाभनको स्थिति बनेको थियो। ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि उनी कुराकानी छोडेर निस्किएका थिए।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता तनावमा सकिएपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सञ्चार माध्यमसामु उभिँदै अमेरिकाको साथ बिना युद्ध कठिन हुने महसुस गर्दै वार्तामा बसेको तर आफ्नो स्वतन्त्रता गुमाउन नसकिने बताए।

वार्ताको क्रममा रुससहितको खनिज डिलको प्रस्ताव आएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले असहमति जनाएका हुन्। फक्स न्युजको अन्तरवार्तामा जेलेन्स्कीले आफ्नो अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिका प्रतिको सम्मान यथावतै रहनेसमेत बताएका छन्। उनले अझ सम्बन्ध सुमधुर रहने कुरामा विश्वास रहेको समेत बताए।

अमेरिका र युक्रनेबीच हुने भनिएको खनिज सम्झौता पनि नहुने भएको छ। जेलेन्स्कीले अमेरिकाले युद्धको क्रममा गरेको सहयोगमा धन्यवाद ज्ञापन गर्दै युक्रेन र अमेरिकाको सम्बन्ध दुई राष्ट्रपतिको सम्बन्ध भन्दा धेरैमाथि रहेको बताएका थिए ।  

अहिले युक्रेन र अमेरिका मात्र नभई संसार भरमा नै यसको चर्चा भएको छ। खनिज सम्झौता अहिले नहुने भएको छ। बैठक तनावपूर्ण भएर सकिएपछि जेलेन्स्कीले अमेरिकाले युद्धको क्रममा गरेको सहयोगमा धन्यवाद ज्ञापन गर्दै युक्रेन र अमेरिकाको सम्बन्ध दुई राष्ट्रपतिको सम्बन्ध भन्दा धेरैमाथि रहेको बताए।

ट्रम्पले सामाजिक सामाजिक सञ्जाल ट्र्थ सोसलमा जेलेन्स्कीले अमेरिकी नागरिकको अपमान गरेको आरोप लगाएका छन्।