Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

ओलीलाई बालेनको सन्देश: मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मलाई हराउन देश नडुबाउनुहोला

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले फेसबुकमा स्टाटस लेख्दै आफू मदन भण्डारीको सपना पूरा गर्न हिँडेको तर प्रम ओलीले आफूलाई हराउन खोजेको आरोप लगाएका छन् । 

सामाजिक सञ्जालमा चर्चित बालेन शाह पछिल्लो समय उनले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै फेसबुक स्टाटस लेख्दै आएका छन् । शुक्रबार पनि उनले त्यसैलाई निरन्तरता दिँदै प्रधानमन्त्रीले आफूलाई हराउन खोजेको बताएका छन् ।

आफूहरू मदन भण्डारीको सपना पूरा गर्न हिँडेको तर प्रधानमन्त्रीले आफूलाई हराउन लागेको दाबी गरेका छन् । उनले आफूलाई हराउने बहानामा देश नडुबाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । 

उनले भनेका छन्, ''प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनुहोला !!''