Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

नेपाल धनी छ तर नेपाली अभाव र गरिबीमा छन्: सभामुख

सभामुख देवराज घिमिरेले नेपाल देश धनी भएर पनि नेपाली भने अभाव र गरिबीमा बाँचिरहेका बताएका छन् । शुक्रबार रामेछापको ऐतिहासिक खाँडादेवी मन्दिरमा खाँडादेवी विकास कोषको १२ साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले नेपाल संस्कार, संस्कृति र प्रकृतिले धनी भएपनि त्यसको उपयोग गर्न नसक्दा गरिब हुनुपरेको बताए । 


मानव समुदायको उत्पत्ति र विकाससँगै नेपाली सभ्यता र संस्कृतिको विकास भएको उनको भनाइ छ । नेपालमा हजारौँ वर्ष पुराना संस्कार र संकृति भएका बताउँदै घिमिरेले त्यसको उचित उपयोग गर्न सक्नुपर्ने बताए ।

Photo (4).jpeg

‘धर्म, संस्कार, संस्कृति र पर्यटनको हिसाबले नेपालमा विभिन्न महत्पूर्ण स्थान छन्, तर ती ठाउँको प्रचार हुन सकेको छैन, यसको प्रचार गर्ने हो भने नेपाल पर्यटनको हिसाबले महत्वपूर्ण ठाउँ बन्न सक्छ, त्यसले नेपालको विकासमा कायापलट गर्न सक्छ’, घिमिरेले भने ।

घिमिरेले यस्ता स्थानको संरक्षणमा प्रचारमा राज्यले मात्र नभएर समुदायले पनि भूमिका खेल्नु पर्ने बताए । त्यस्ता ठाउँका सम्पत्तिको संरक्षण र पारदर्शीतामा ध्यान दिनु पर्नेमा उनले जोड दिए ।