Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रक्रियागत कारणले अध्यादेश रोकिएका छन्, चाँडै सदनबाट पारित गछौंः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबीचको समीकरणको उद्देश्य केवल केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनु मात्र नभई मुलुकमा स्थिर सरकार स्थापना गर्नु भएको बताएका छन् ।

नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार गठनको मुख्य उद्देश्य देशको विकास र स्थिरता भएको जिकिर गरे । उनले भने, ‘अहिलेको समीकरणले केवल सरकार बनाउन र केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्र काम नगरेको हो । हाम्रो उद्देश्य भनेको मुलुकमा स्थिर सरकार स्थापना गर्नु हो, जसले दिगो शान्ति, सुशासन र उन्नतिको यात्रा अघि बढाउन सकोस् ।’


सरकारले व्यवसायिक वातावरण सुधार गर्नका लागि ल्याएको अध्यादेशको बारेमा पनि उनले टिप्पणी गरेका छन् । उनले भने, ‘केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको हो, तर हामी समयमै सदनबाट स्वीकृति प्राप्त गरेर नयाँ कानून बनाउन सफल हुनेछौं ।’

यसका साथै, उनले सरकारले शिक्षा विधेयक पनि यस महाधिवेशनबाट पारित गर्ने योजना बनाएको बताए ।