सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशलाई बलिको बोको बनाउन खोजिएको टिप्पणी गरेका छन् । पोखरामा भइरहेको १२ औं नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
थापाले प्रदेशलाई ‘स्केप गोट’ (बलिको बोको) बनाउन खोजेको बताए । सरकारले निरासा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको महामन्त्री थापाको भनाई छ ।
जनताले प्रश्न गरिरहँदा सरकारको कमी कमजोरीबाट भाग्न भने नमिल्ने महामन्त्री थापाले बताएका छन् ।