Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत एक कामदार मृत भेटिए

दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत एक कामदार मृत भेटिएका छन्। मृत फेला पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर छन् । 

हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका बजिन्द्र १४ फागुनदेखि सम्पर्कविहीन थिए । खोजतलास गर्ने क्रममा उनको शव बिहीबार साँझ सवा ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

उनको शव बिगु गाउँपालिका, लामाबगरबाट देउराली जाने बाटोको भीरमा फेला परेको प्रहरीको भनाइ छ । उनको शव बाटोभन्दा करिब २ सय मिटर तल भीरमा फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट लगिएको प्रहरीले जनाएको छ ।