काठमाडौंलगायत देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ ।
आज शुक्रबार बिहानै २ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । केही समयसम्म भूकम्पको धक्का महसुस भएपछि स्थानीयहरु आत्तिएर सडकमा निस्किएका छन् ।
भूकम्पको तीव्रता र केन्द्रबिन्दुबारे केही खुलिसकेको छैन ।