शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई गएको शुक्रबारदेखि त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचारमा छिन् ।
घाँटीमा संक्रमण भएपछि उनी पाँच दिन अघि अस्पताल भर्ना भएकी हुन् । मन्त्री भट्टराईको घाँटीको ग्रन्थी (ग्ल्यान्ड) मा संक्रमण बढेपछि बायोप्सी टेस्ट गर्न लागिएको अस्पतालले जनाएको छ ।
बिहीबार बिहान बायोप्सीको प्रक्रिया अघि बढाइएको अस्पतालकी प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिएकी छन् । यसअघि, उनको क्षयरोगको परीक्षण समेत गरिएको थियो
। मन्त्री भट्टराईको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको गुरुङले जानकारी दिएकी छन् । उनका उनलाई डिस्चार्ज गर्नेबारे अहिले टुंगो लागेको छैन ।