Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सामाजिक सञ्जालमा अराजकता स्वीकार्य छैन्, अधिकार एक इन्च पनि कटौती हुँदैन्- प्रधानमन्त्री ओली (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुने गरी विधेयक ल्याइएको जिकिर गरेका छन् । बिहीबार काठमाडौंमा डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्ने विषय भने स्वीकार्य नहुने उनले स्पष्ट पारे ।

कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, परिवार छिन्नभिन्न बनाइदिने, जिन्दगी बदनाम, अविश्वास फैलाउने, भ्रम छरिदिनेलगायत विषय नियन्त्रण गरेरै छाड्ने उनले प्रतिबद्धता जनाए ।

“...सामाजिक मर्यादाहरू सबै भत्काएर घृणाको राजनीति, घृणाको क्रियाकलाप, कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बदनाम गरिदिने, अविश्वास फैलाइदिने, भ्रम छरिदिने यसप्रकारका कामहरू छन्, ती नियन्त्रण हुनुपर्छ,” उनले भने, “यस्ता कुराहरू छोड्नु हुँदैन ।”

प्रधानमन्त्री ओलीले अपराध नियन्त्रण हुनुपर्छ भनेर लाग्दा विरोध गर्नु आफैँमा स्तरहीन तर्क रहेको बताए ।