Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

५० लाख डलरको ‘गोल्ड कार्ड’ किन्नले अमेरिकी नागरिकता पाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धनी मानिसहरूका लागि ५० लाख डलरमा अमेरिकाको नागरिकता दिने नयाँ योजना अघि सारेका छन् । 

राष्ट्रपति ट्रम्पले अमेरिकाले विश्वका धनी मानिसहरूलाई ५० लाख डलरको ‘गोल्ड कार्ड’ बेच्ने घोषणा गरेका हुन् । यसलाई अमेरिकामा ५० लाख डलरमा अमेरिकी नागरिकता साटफेर गर्ने प्रस्ताव भनिएको छ ।

राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भने, ‘हामी गोल्ड कार्ड बेच्दैछौं, तपाईसँग ग्रीन कार्ड छ, यो चाहिँ गोल्ड कार्ड हो । हामीले यो कार्डको मूल्य करिब ५ मिलियन डलर राखेका छौं र यसले यसले ग्रीन कार्डको सुविधा मात्र नभएर अमेरिकी नागरिकता प्राप्तिको रुट पनि हो । 

यो गोल्ड कार्ड किनेर धनी मानिसहरू हाम्रो देशमा आउने छन् ।’ गोल्ड कार्ड करिब २ सातापछि विक्री शुरु हुने ट्रम्पले बताएका छन् ।