Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रहेनन् भाषाविद चूडामणि गौतम

‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो । 

उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ । 

अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे । गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए । 

त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोष’ पनि सार्वजनिक गरेका थिए ।