Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कांग्रेसको स्थानीय तह समन्वय विभागमा देउवाले गरे १० सदस्य मनोनीत (सूचीसहित)

सत्तारुढ नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० जना सदस्य मनोनीत भएका छन्। 

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको उक्त विभागमा उनीहरूलाई मनोनीत गरेका छन् ।

मनोनीत हुनेहरूमा गीता सत्याल– ललितपुर, उमा थापा– बाँके, विनोद यादव– महोत्तरी, रविन राई– मोरङ र डा. हेमराज लामिछाने– चितवन रहेका छन् । 

यस्तै पुरुषोत्तम नेपाल– काभ्रेपलाञ्चोक, राजु गुरुङ– गोरखा, बाबुकृष्ण सापकोटा– धादिङ, गोरखबहादुर सुनार– जुम्ला र निर्प खड्का– कैलाली रहेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

k(8).jpg