Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पाथीभरा केबलकार निर्माण विवाद वार्तामार्फत समाधान गर्न माग

सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले सरकार र आन्दोलनरत पक्षबीच समस्या समाधान वार्तामार्फत हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले स्थानीयलाई दमन गरेर नभइ सहकार्य गरेर सद्भावपूर्ण वातावरण निर्माण गरी समस्या समाधान गर्न आवश्यक रहेको बताइन् । सांसद झाले सरकारसँगै आन्दोलनरत स्थानीयलाई पनि विकास निर्माणप्रति सचेत रहन आग्रह गरिन् । सांसद झाले मुलुकलाई ‘ग्रे–लिस्ट’ बाट हटाउन सरकारले आवश्यक कदम चाल्नु पर्नेमा समेत जोड दिइन् ।