Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अनलाइन जुवा खेलाउने एकजना भारतीय पक्राउ

पर्सा प्रहरीले अनलाइन जुवा खेलाउने एकजना भारतीयलाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गरिएको छापामारीबाट प्रहरीले (सट्टाबाजी) अनलाइन जुवा खेलाउने भारतीयलाइ पक्राउ गरेको जनाएको छ ।

प्रहरीको टोलीले भारत विहार जिल्ला मोतिहारी थाना ढाका ग्राम देवपुर निवासी रविशंकर ठाकुरलाइ पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता सुबास भट्टले बताए ।

उनका अनुसार महानगरको मुर्लीमा घर भाडामा लिएर अनलाइन जुवा भइरहेको प्रहरीलाइ सूचना आएको थियो, त्यही सूचना अनुसार छापामारी गर्दा ठाकुर पक्राउ परेका हुन ।

प्रहरी नियन्त्रणमा रहेको ठाकुरको साथबाट प्रहरीले बिभिन्न कम्पनीका ९ थान ल्यापटप, ल्यापटप चार्जर, राउटर, हेडफोन, पेनड्राइभ, माउससहितका सामानहरु बरामद गरेको जानकारी दिएको छ ।

पक्राउ परेका ठाकुरमाथि अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।