काठमाडौँ महानरपालिका–२६ स्थित नयाँ बसपार्कबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय दयानन्द शाह र ३५ वर्षीय बबिता साह छन् । उनीहरु दम्पत्ति हुन् ।
गेष्ट हाउसबाट पक्राउ परेका उनिहरुको साथबाट ८३ दशमलव ४८ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उनिहरु फागुन ७ बाट बिराटनगर हुँदै काठमाडौँ आएका हुन् ।