Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अवैधानिक प्रक्रियाबाट बेलायत नजान विभागले गरायो सचेत

वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ ।

बेलायतमा मौसमी कामदार पठाउने भनी विभिन्न व्यक्ति तथा संस्थाले रकम उठाउने गरेको, पठाएर अलपत्र पारेको जस्ता गुनासा आएसँगै विभागले सूचना प्रकाशित गरी सचेत गराएको हो ।

अहिले सरकारले बेलायतमा मौसमी कामदार पठाउने बारे कुनै नीतिगत निर्णय नगरेको समेत स्पष्ट पारेको छ ।‘यस्तो काम कानुनसम्मत नहुने भएकाले कुनै पनि संस्था वा व्यक्तिसँग कुनै रकम लेनदेन नगर्न, अवैधानिक प्रक्रियाबाट जाने सोच वा योजना नबनाउन समेत अनुरोध छ,’ विभागले भनेको छ ।

481687764_1163014592500711_8587364511176780408_n.jpg