Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

अर्थमन्त्री पौडेल नियमित काममा फर्किए

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्। 

bishnu poudel.jpeg

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परेर उनी घाइते भएका थिए ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।