Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नीलगाईले दुख दिदा रौतहटका किसान चिन्तित

रौतहटको दक्षिणी भेगमा किसानले लगाएको बालीमा नीलगाईले क्षति गरेको छ । नजिकको जंगल वा कासघारीमा लुकेर बसेका नीलगाईले गहुँ र दलहन–तेलहन बालीमा क्षति पु¥याउँदा कृषक चिन्तीत बनेका हुन । 

प्रायः साँझ र बिहान नीलगाईले बालीमा क्षती गर्ने गरेको किसान रामजि कलवारले बताए । उनका अनुसार कहिले काहीँ नीलगाई दिउँसो समेत खेत बालिमा देखा पर्छ । प्रत्येक बर्ष नीलगाईले विभिन्न बालीमा क्षति गर्दै आएको भएपनि अहिले सम्म उचित ब्यवस्थापन नभएको उनको गुनासो छ  । 

Photo (2).jpeg

आफुले विभिन्न निकायमा खबर गरेपनी यसको सुनुवाइ नभएको उनले बताए ।अब नीलगाईका कारण खेतमा बाली लगाउन समेत मुस्किल भएको उनको भनाइ छ । आफुले करीब एक बिगाह खेतमा लगाएको गहुँ नीलगाईले क्षति गरेको उनको दुखेसो छ ।  लालबकैया र बाग्माती नादिको किनारमा यहाँका किसानको खेत छ । तर वन्यजन्तुका कारण अपेक्षा अनुसार उब्जाउ हुन नसकेको हो । 

यहा नीलगाई, बदेल र जङ्गली हातीले कृषि बालीमा क्षति गर्दै आएको डिभिजन वन कार्यलय रौतहटले जनाएको छ । यस विषयमा वन कार्यलयले गम्भीर रूपमा लिएको उल्लेख गरेको छ ।