नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–३ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
ना १ क ९१२९ नम्बरको टिपर दुर्घटना हुँदा मकवानपुरको बागमती गाउँपालिका–६ फापरवारीका ३२ वर्षीय नरबहादुर बाइवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । वाइबा टिपर चालक हुन् ।
पाल्पाबाट चुन ढुंगा लिएर नवलपुरको विनयी त्रिवेणी–१ होङसी सिमेन्टतर्फ आउँदै गरेको टिपर दुर्घटनामा परेको हो । दुर्घटना विनयी त्रिवेणी गाउँपालिका ३ का २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार र पर्साको वीरगन्ज उपमहानगरपालिका २७ का ३० वर्षीय ताज महमद हावारी घाइते भएका छन् । घाइते सबैको मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचार भरहेको प्रहरीले जनाएको छ ।