Jun 28 2026

Jun 28 2026 | आइतवार, आषाढ १४ गते २०८३

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाईं टोलीको कार्यक्रम रद्द

गायक सुजन चापागाईंको ब्याण्डको अमेरिकामा तय भएको कार्यक्रम स्थगित भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासले ब्याण्डका सबै सदस्यको भिसा नदिएपछि कार्यक्रम रद्ध गरिएको गायक चापागाईंले जनाएका छन् ।

२०२५ मार्च देखि अमेरिकाको बिभिन्न राज्यका बिभिन्न शहरमा तय भएको हाम्रो सांगीतिक यात्रा (आरोह अमेरिका टूर–सुजन चापागाईं एण्ड द ब्याण्ड) हुने तय भएको थियो ।

नेपालस्थित अमेरिकी राजदूतावासमा आज भिसाका लागि भएको अन्तरवार्ताको क्रममा हामी ८ जना ब्याण्डका सदस्यमध्ये एक जनाले मात्र भिसा प्राप्त गर्दा पूर्व निर्धारित कार्यक्रमहरू प्रभावित बनेका चापागाईंले फेसबुकमा उल्लेख गरेका छन् ।


‘लगभग दुई वर्षको आन्तरिक तयारी पश्चात अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाइभ जर्नी पुनः सुरुवात गर्ने वाचा पुरा गर्न नसक्ने जानकारी गराउँदै गर्दा नमिठो अनुभव पक्कै भएको छ’ उनले फेसबुकमा लेखेका छन्, ‘यो अनिश्चितताको कारण पर्न गएको असरप्रति सम्पूर्ण आयोजक, दर्शक तथा शुभचिन्तकप्रति क्षमा याचना गर्दछु । हामी पुनः भेटने छौं ।’