Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

उपरथीमा बढुवा भएका शाहलाई प्रबन्धरथी विभागको जिम्मेवारी प्रदान

नेपाली सेनाका सहायक रथी दिपेश जंग शाह उपरथीमा बढुवा भएका छन्। माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको भएपनि सोमबार मात्रै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

480223715_1158005889668248_1262372087228020628_n.jpg

सोमबार प्रधान सेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै उपरथी शाह प्रबन्धरथी विभागका विभागीय प्रमुखमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।यस्तै महासेनानी दिवशराज रेग्मी र निर्जल अधिकारीलाई सहायक रथीमा बढुवा गरिएको छ।

 प्रमुख सेनानीबाट महासेनानीमा सात जना बढुवा भएका छन्। उनीहरुलाई पनि सोमबार नै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।