दाङको लमही नगरपालिका–५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रको खोल्सामा एक पुरुष मृत भेटिएका छन्। लमही नगरपालिका–५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार मृतक खत्री गत मंगलबारदेखि नै सम्पर्कविहीन थिए । खोजतलासको क्रममा सोमबार अपराह्न सामुदायिक वनभित्र खोल्सामा पल्टिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ ।
गाईबाखा चराउन गएका गोठाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।