Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सचिव कुट्ने वडाध्यक्ष बलबहादुर गुरुङ पक्राउ

वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले वडा सचिव नवीन भुसाललाई कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको हो । गाउँपालिकाको पत्रअनुसार वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भलिबल प्रतियोगिताको बिल भुक्तानी गर्ने सम्बन्धमा विवाद हुँदा वडाध्यक्ष गुरुङले सोमबार बिहान कार्यालय समयमा वडा सचिव नवीन भुसाललाई कुटपिट गरेका थिए कुटपिटबाट घाइते भएका सचिव भुसालको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।


थप उपचारका लागि भरतपुर लगिएको छ । सचिव भुसालको घाँटीमा गहिरो चोट भएको चिकित्सकले बताएका छन् । पीडित पक्ष तथा बन्दीपुर गाउँपालिकाका कर्मचारीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा सहित आकस्मिक सेवा बाहेक सबै कामकाज ठप्प पारेको गाउँपालिका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।