Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

धोवीखोलामा फेरि कार खस्यो

काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एउटा कार खसेको छ । आज आइतबार साँझ बा २१ च ६६१४ नम्बरको कार धोबीखोलामा खसेको हो । 

मदन भण्डारी कलेज छेउमा कार खसेको सिंहदरबार वृत्तका डीएसपी गंगा पौडेलले जानकारी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भक्तपुर वडा न ०१ लोकन्थली बस्ने गाडी चालक ४५ वर्षीय पदम कार्की भने सकुसल छन् । 

थापाथलीस्थित अफिसबाट घर जाँदै गर्दा कार्कीले चलाएको कार खोलामा खसेको बताइएको छ । अहिले मापसेलगायतका चेकजाँच गरिरहेको ट्राफिक प्रहरीका एसएसपी विनोद घिमिरेले बताए । यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।