Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

‘ड्युटी’ गर्दागर्दै प्रहरी हवल्दारको निधन

सेवामा खटिरहेकै बेला एक प्रहरी हवल्दारको आइतबार निधन भएको छ ।

अस्थायी प्रहरी चौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको आइतबार बिहान काममा खटिएकै बेला निधन भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकामा बेहोश हुँदाहुँदै निधन भएको हो ।

भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन् । अहिले उनको शव घर पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।