Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाली डाक्टर्स लाउञ्जद्वारा नयाँ एम्बासडरहरूलाई स्वागत गर्दै शैक्षिक अन्तरक्रिया सम्पन्न

नेपाल, बंगलादेश, फिलिपिन्स र चीनबाट आएका आठ नयाँ एम्बासडरहरूलाई स्वागत गर्दै नेपाली डाक्टर्स लाउञ्ज (NEDOL)ले प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

New Project (8).png

यस कार्यक्रममा अनुसन्धान, शैक्षिक उत्कृष्टता, नेतृत्व विकास, र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने संगठनको दीर्घकालीन लक्ष्यलाई सशक्त बनाउने महत्वपूर्ण उपलब्धि हाँसिल गरेका छ। 

नयाँ एम्बासडरहरूको आधिकारिक समावेश
यस पहलअन्तर्गत, प्रत्येक नयाँ एम्बासडरलाई ‘स्वागत प्रमाणपत्र’  प्रदान गरेको हो । जसले उनीहरूलाई औपचारिक रूपमा नेपाली डाक्टर्स लाउञ्ज परिवारको सदस्यको रूपमा समावेश गरेको छ ।

New Project (10).png

यो प्रमाणपत्रले नेपाली डाक्टर्स लाउञ्जको संरक्षकत्व, व्यावसायिक वृद्धि, र विश्वव्यापी स्वास्थ्य सेवामा योगदान पुर्‍याउने प्रतिवद्धता गरेको छ। नेपाली डाक्टर्स लाउञ्जले ४० विभिन्न कलेजहरूबाट ८० भन्दा बढी एम्बासडरहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ । जसले संगठनको अन्तर्राष्ट्रिय प्रभावलाई अझ सुदृढ बनाउनेछ।

 

New Project (9).png
नयाँ एम्बासडरहरूको नाम र कलेजहरू

१) दावा जामयाङ्ग शर्पा - सेन्ट्रल साउथ युनिभर्सिटी, सियाङ्ग्या स्कूल अफ मेडिसिन, चीन
२) तारा प्रसाद खत्री - एमिलियो एग्विनाल्डो कलेज, मनीला, फिलिपिन्स

३) डा. पूजा रोकाया - नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, श्रीवीरेन्द्र अस्पताल
४) राजन देवकोटा - किष्ट मेडिकल कलेज
५) बिपिन केसी - शाङ्घाई जियाओ तोंग युनिभर्सिटी स्कूल अफ मेडिसिन, रुजिन अस्पताल र रेन जी अस्पताल, चीन
६) डा. बिपिन पौडेल- पाटन एकेडेमी अफ हेल्थ साइन्सेस
७) डा. विज्ञान क्षेत्री - पार्कभ्यू मेडिकल कलेज र अस्पताल, बंगलादेश
८) डा. प्रतिक श्रीवास्तव - अन्वरखान मोडर्न मेडिकल कलेज, ढाका, बंगलादेश

New Project (11).png
प्रो. अली खाताबीद्वारा ज्ञानवर्धक सत्र कार्यक्रमपछि मलेसियाको म्यानेजमेन्ट एण्ड साइन्स युनिभर्सिटीका प्रो.अली खाताबीले 'चिकित्सकहरूको उद्यमशीलता, एवम् अवसरहरू, नेतृत्व भूमिका, र भविष्य निर्माणका उपायहरू' विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गरे। उनको प्रस्तुतीकरणले सहभागीहरूलाई नयाँ दृष्टिकोण प्रदान गर्दै चिकित्सकीय पेसाको सीमाभन्दा बाहिर विभिन्न अवसरहरू अन्वेषण गर्न प्रेरित गरेको छ।