Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लेवनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, कारवाहीको माग

लेवनानमा नेपाली शान्ति सैनिक माथि आक्रमण भएको छ । नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोय माथी आक्रमण भएको हो ।

रातको समयमा उत्तेजित भिडले उनको कन्भोयलाई रोकेर आक्रमण गरेको नेपाली सेनाले एक सूचनामार्फत जनाएको छ । 

सेनाले आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेवनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारवाहीको माग गरेको छ । ढकाल खतरा मुक्त रहेको सेनाले जनाएको छ ।

Photo.jpg