पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा भ्रमण वर्षको उदघाटन गर्ने क्रममा मेयर आचार्य घाइते भएका हुन् । पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उनी घाइते भएका हुन् ।
मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको छ । मेयर आचार्यको घाँटीमा आगोले पोलेको छ । सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए ।