Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कैलालीका सीमामा तस्करी बढ्यो, दैनिक लाखौँका सामान बरामद

कैलाली प्रहरीले अबैध रूपमा भन्सार छली गरी भारतबाट ल्याइएका विभिन्न सामानहरू नियन्त्रणमा लिएको छ । शुक्रबार धनगढी उपमहानगरपालिका- २ सिसा षोष्ट नजिक र जोशीपुर गाउँपालिका-१ पिपरकोटी क्षेत्रबाट प्रहरी गस्ती टोलीले अन्दाजी मूल्य रु. १ लाख २८ हजार १५० बराबरका विभिन्न सामग्रीहरू नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका सामानहरूमा मोबाइल कभर, चक्लेट, सुटपिस, साडी, धोती, प्लाष्टिक डोरी, सिद्रा माछा लगायतका सामग्री रहेको कैलाली प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार यी सामग्रीहरू भन्सार प्रक्रिया पूरा नगरी चोरीनिकासी गरी ल्याइएको आशंका गरिएको छ ।

यसअघि बिहीबार कैलालीका विभिन्न स्थानबाट ५ लाख २३ हजार ९७० रुपैयाँ, बुधबार २ लाख ६४ हजार ७९५ रुपैयाँ बराबरका भन्सार छलीका सामानहरु बरामद गरिएको थियो ।पछिल्लो समय प्रहरी कै संरक्षणमा तस्करी बढेको आरोप छ । 

भारतसँग सिमा जोडिएका कैलालीका नाकाबाट अत्यधिक मात्रामा तस्करी फस्टाएको आरोप लाग्दै आएको छ ।