Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बिहे गरेको १० महिनामै श्रीमतीको हत्याः पाँच वर्षपछि पक्राउ

बिहे गरेको १० महिनामै श्रीमतीको हत्या गरेर फरार एक व्यक्ति पाँच वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका–२ का सन्तोष साह रहेका छन् । साहलाई फरार प्रतिवादी खोजीको सिलसिलामा बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।

खतिवडाका अनुसार साहले श्रीमती गायत्रीकुमारीलाई २०७६ साल चैत ६ गते राति कुटपिट गरी शम्भुनाथ नगरपालिका–२ ट्राफिक चोकदेखि चार सय मिटर पूर्वमा फालेका थिए । भोलिपल्ट स्थानीयले फेला पारेर गायत्रीलाई युनिक अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।


त्यसयता सन्तोष फरार रहेका थिए । खतिवडाका अनुसार गायत्री र सन्तोषको बिहे २०७६ साल जेठ २६ गते भएको थियो । बिहेपछि दुवै जनाबीच पटक–पटक विवाद हुँदै आएको थियो । जिल्ला अदालत राजविराजले सन्तोषलाई कर्तव्य ज्यान मुद्दामा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।