नारायणगढ–मुग्लिन सडकखण्डमा एउटा मोटरसाइकल दुर्घटनामा परेको छ । सडकको सुरक्षाकाे लागि राखिएको डिभाइडरमा रोयल इन्फिड मोटरसाईकल ठोकिएर चालक त्रिशुली नदीमा बेपत्ता भएका छ्न्।
बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल बिहान ११ बजेर ५५ मिनेटको समयमा चितवन ईच्छाकामना गाउँपालिका-५ कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो । उनको झोलाबाट प्रहरीले कागज पत्र बरामद गरेको छ। उनको नाम रोहित राना बुझिएको तर पुरै हुलिया पत्ता लागेको छैन।

बाइक तीब्र गतिमा भयकोले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ। उनको खोजी भइरहेकाे प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र भेटिएको छ ।
उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी ) रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलबाट उछिट्टिएर करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयसहितको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।