Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सडकको वालमा ठोक्किएर मोटरसाइकल मान्छेसहित त्रिशुलीमा खस्यो

मुग्लिङ–नारायणगढ सडक खण्डको दुई किलोमा सडकको वालमा ठोक्किएर मोटरसाइकल त्रिशुली नदीमा खसेको छ ।

शुक्रबार उक्त सडक खण्डको दुई किलोमा सडक छेउमा बनाइएको वालमा ठोक्किएर बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो । 

मोटसाइकलसहित त्रिशुलीमा खसेका चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । घटनाबारे थप विवरण आइसकेको छैन ।