Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी तोडफोड

रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ। 

उनको निवासमा पार्किङ गरिराखेको गाडीमा गए राति अज्ञात व्यक्तिले करिब ११ः३० बजे तोडफोड गरेको यादवले जानकारी दिए।

उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएपछि गाडीको दायाँ सिटको सिसा फुटेको छ भने अगाडिको सिसा चर्किएको छ । 

यसबारे प्रहरीलाई खबर गरिसकेको र घटनाबारे जानकारी लिने काम भइरहेको उनको भनाइ छ ।